स्याङ्जा–२ मा एमालेकी अर्याललाई पछि पार्दै गुरुङको अग्रता

42

वालिङ, १५ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६५४ मतान्तरले पछि पारेका हुन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार ९०१ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार अर्यालले तीन हजार २४७ मत प्राप्त गरेकी छन् ।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।

यसैगरी क्षेत्र नम्बर २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार ३२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । दुवैबीचको मतान्तर ७५४ रहेको छ ।

निर्वाचन सम्पन्न भएको दश दिनपछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...