स्याङजामा रोचक प्रतिस्पर्धा, धनराज र पद्‍माबीच ११ मतको अन्तर

105

काठमाडौँ, १५ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा २ मा नेकपा (एमाले)की पद्‍मा अर्यालले अग्रता कायमै राखेकी छन् । उनले २ हजार ९२० मत पाएकी छन् ।

उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका धनराज गुरूङले २ हजार ९०९ मतसहित पछ्याइरहेका छन् । उनीहरूबीच ११ मतको अन्तर छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराम गुरूङले ५८९ मत पाएका छन् ।

प्रदेशसभातर्फ पनि एमालेका उम्मेदवारले अग्रता कायमै राखेको छ । एमालेका मोहन रेग्मीले ३ हजार १०२ मत ल्याएका छन् भने कांग्रेसका भोजराज अर्यालले २ हजार ९१ मत ल्याएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...