धनुषा ४ मा कांग्रेसका यादवलाई ११२ मतले हराउँदै एमालेका महासेठ विजयी

41

काठमाडौँ, १३ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।

एमाले सचिवसमेत रहेका महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई हराएका हुन् ।

महासेठले ३२ हजार २३६ मत ल्याएका छन् भने यादवले ३२ हजार ११२ मत मात्रै ल्याएका छन् ।

११२ मतान्तरले महासेठ विजयी भएको निर्वाचन अधिकृत सुदीप दंगालले बताए ।

२०७४ को निर्वाचनमा पनि यो क्षेत्रबाट महासेठले यादवलाई हराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...