चितवन–२ मा रवि लामिछानेले कटाए ३६ हजार मत

106

चितवन, १२ वैशाख । उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् ।

मंलगबार बिहान साढे ५ बजेसम्मको मतपरिणामअनुसार लामिछानेले ३६ हजार १५८ मत प्राप्त गरेका छन् ।

लामिछानेलाई नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार १४८ मतका साथ पछ्याइरहेका छन् । श्रेष्ठलाई लामिछानेले २९ हजार १० मतले पछि पारेका छन् ।

त्यस्तै, नेकपा (एमाले)का रामप्रसाद न्यौपाने ६ हजार ६५१ मतका साथ तेस्रो स्थानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...