अर्घाखाँची, ८ मंसिर । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।
रायमाझी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन भने राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २०० मत प्राप्त गरे ।
एमालेका केन्द्रीय सचिवसमेत रहेमा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
प्रतिनिघि सभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ ।