पाल्पा २ मा एमालेका गैरेकाे अग्रता, एकीकृत समाजवादीका पाण्डेय पछिपछि

60

पाल्पा, ७ मंसिर । पाल्पा–२ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । पछिल्लो परिणामअनुसार नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम राखेका छन् ।

गैरेले ९ हजार १६४ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले ६ हजार ९५६ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले २ हजार १९५ मत ल्याउँदै तेस्रो स्थानमा छन् भने मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार १७९ मत ल्याएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...