रूपन्देही, ६ मंसिर । रूपन्देही क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार पौडेलले ५ हजार ३११ मत प्राप्त गरेका छन् ।
यसैगरी सुरूवातदेखि नै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५ हजार १३६ मत प्राप्त गरेका छन् । यस्तै, केशव सूर्यवंशीले ४ हजार ६० मत प्राप्त गरेका छन् ।