जुम्ला, ६ मंसिर । जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गरेका छन् ।
यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार गोमा कुँवरले एक हजार ५० मत पाएकी छन् ।
त्यस्तै, नेकपा (एमाले)का रतननाथ योगीले ४४७ मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन् ।