काठमाडौँ–७ मा घन्टीलाई अग्रता, एमाले दोस्रो

44

काठमाडौँ, ५ मंसिर । मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौँ–७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा पुगेकी छन् ।

प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतले अग्रता लिँदा नेकपा (एमाले)का श्याम घिमिरेले ९३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर निर्वाचन लडेकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन् ।

सो क्षेत्रमा लौरो चिन्हका इन्जिनियर प्रवेन्द्र पोखरेल ७२ मतसहित चौथो स्थानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...