कास्की–२ मा ९०० मत गन्दा घन्टीको अग्रता कायमै

39

पोखरा, ५ मंसिर । कास्की–२ वडा नम्बर १५ को कोलपाटन बुथको ९०० मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलको अग्रता कायमै छ ।

उनले ३८९ मत पाएका छन् । कँडेललाई नेकपा (एमाले)की विद्या भट्टराईले पछ्याइरहेकी छन् ।

हालसम्म विद्याले २११ मत पाएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १४४ मत पाएका छन् । राप्रपाले १०२ मत पाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...