९० वर्षीय वृद्धलाई स्थानीयवासीले पुर्‍याए मतदानस्थल

157

प्युठान, ४ मंसिर । प्युठानको झिमरुक गाउँपालिका–२ कासिपोखरा मतदानस्थलमा ९० वर्षीय बहादुरे कामीलाई मतदानस्थलमा लगिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कामीलाई स्थानीयवासीले उनलाई बोकेर मतदानस्थल पुर्‍याएका हुन् ।

प्युठानमा प्रतिनिधिसभातर्फ वाम–लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार छिन् भने नेकपा (एमाले)बाट पोलिटब्युरो सदस्य सूर्य थापा चुनावी मैदानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...