इलाम, ४ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।
संविधानसभा अध्यक्षसमेत रहेका उनले बिहान ८ बजे इलाम नगरपालिका–७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गरेका हुन् ।
त्यसैगरी नेम्वाङका प्रतिस्पर्धीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन् ।
खड्का पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।