निवर्तमान सभामुख सापकोटाले गरे मतदान

23

सिन्धुपाल्चोक, ४ मंसिर । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि कुविन्डे मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सापकोटा २०६४ देखि सिन्धुपाल्चोकबाट निर्वाचित हुँदै आएका जनप्रतिनिधि भए पनि यसपटकको निर्वाचनमा भने उम्मेदवार भएका छैनन् ।

पूर्वमन्त्रीसमेत रहेका सापकोटा २०७६ मा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...