अछाम, १ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीलय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताएका छन् ।
चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधानलाई नै धरापमा पार्ने कार्यविरूद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वका लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।
समृद्धि र आर्थिक विकास राजनीतिक स्थायित्वका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका प्रधानमन्त्री देउवाले शेरबहादुर कुँवरलाई कलम, मेघराज खड्कालाई रूख र झपट साउदलाई गोलाकारभित्रको हसिया हथौडामा मतदान गरेर विजयी गराउन उनले मतदातालाई आग्रह गरे ।
देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने पनि दाबी गरे ।