निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौँ : रवि लामिछाने

71

काठमाडौँ, १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावी सभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

“एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ,” उनले भने, “अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्ने छ ।”

Share This:
सम्बन्धित खबर
Loading...