यस्ता छन् एमालेको घोषणापत्रका ३० कार्यक्रम [सूचीसहित]

104

काठमाडौँ, १५ कात्तिक । नेकपा (एमाले)ले २० हजार शब्दको घोषणापत्र तयार पारेको छ । काठमाडौँको याक एन्ड यती होटेलबाट मंगलबार अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था, राष्ट्रिय पुँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ ।

एमालेको घोषणापत्रमा ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने ४ ‘स’लाई आधार मानेर घोषणापत्र तयार पारिएको एमालेले जनाएको छ । सुशासन विकास समृद्धि र समानताको नारामा २० वटा ग्यारेन्टी समावेश छन् ।

यस्ता छन् ३० कार्यक्रम

१. हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
२. दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर
३. भूमिको वैज्ञानिक व्यवस्थापनः प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान
४. कृषि भूमिमा पानीः सिंचाइमा लगानी
५. सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन
६. औद्योगीकरणमार्फत् अर्थतन्त्रको रूपान्तरण
७. पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
८. वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन
९. स्वच्छ खानेपानी जनताको हक
१०. विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि
११. राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
१२. हाम्रो नेपालः निरोगी नेपाल
१३. मर्यादित श्रमः सुरक्षित रोजगारी
१४. जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा
१५. शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय
१६. राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्यमंसेवा
१७. महिला सहभागिता र सशक्तीकरण
१८. सहरी विकासः एकीकृत बस्ती र सुरक्षित आवास
१९. गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार
२०. स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास
२१. जनताको करः जनताकै लागि
२२. सूचना प्रविधि र प्रेस स्वतन्त्रता
२३. सुशासनः हाम्रो उच्च प्राथमिकता
२४. उपभोक्ता हितः आम जनताको हित
२५. सक्षम र सुदृढ संघः अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार
२६. स्वाच्छ, सुन्दर र आधुनिक राजधानी
२७. सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
२८. सक्षम राज्य, स्वतन्त्र न्यायालय
२९. सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा
३०. स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध

Share This:
सम्बन्धित खबर
Loading...