काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार (मताधिकार) दिनेदेखि देशमै रोजगारी सिर्जना गर्नेलगायत रोजगारीका विषयलाई समेटेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता तथा घोषणापत्रमा वैदेशिक रोजगारी र स्वदेशमै रोजगारी सिर्जनालाई महत्वका साथ समेटेको हो । दीर्घकालीन राष्ट्रिय रणनीतिमा व्यापक रोजगारीको अभिवृद्धिलाई समेटेको छ ।
राप्रपाको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नु पर्ने र प्रदेश संरचना खारेज गर्नुपर्नेलगायत मुद्दा अगाडि सारेको छ ।
राप्रपाले घोषणापत्रमा २०४६ पछिका उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने, भ्रष्टाचारमुक्त, पारदर्शी शासन पद्धति व्यवहारमा लागु गर्ने लेखेको छ ।
राप्रपाले राजनीतिक दलसम्बन्धी कानुन परिमार्जन गरेर एक व्यक्ति कुनै पनि पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै बस्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यस्तै, ‘नेपाल बन्द’ जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता जनाएको छ ।
हेर्नुहोस् राप्रपाको प्रतिवद्धता पत्र