पार्टीकै मान्छेले छेक्दाछेक्दै पनि काम गरेँ :ओली

45

झापा, १३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् ।

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चाल गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए ।

आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताको राष्ट्र निर्माणको आकांक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए । उनले हिजोका काम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गरे । यसपटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...