ओलीको प्रश्न- भारतको लापरबाहीले नेपालीको ज्यान जाँदा प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?

33

काठमाडौँ, १२ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्यान, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

“नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,” ओलीले भने ।

ओलीले ‘तुइन काटेर गएको वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा ढुंगाले लागेर हिजो दार्चुलाको व्यास गाउँपालिका २ का बालक पवन महराको ज्यान गएको छ । घटनामा १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय नागरिक घाइते भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...