काठमाडौँ, ३१ भदौ । भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले जानकारी दियो ।
पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ५५ पैसा घटेर आएको छ । पेट्रोलमा मूल्य घटेसँगै नेपाल आयल निगमलाई प्रतिलिटर ८ रूपैयाँ नाफा रहने भएको छ ।
यस्तै, डिजेलेको मूल्य प्रतिलिटर ४४ पैसा र हवाई इन्धनको मूल्य एक रूपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ५ रूपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रूपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।
यसअघि तीनपटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थियो । यो समेत चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेर प्राप्त भएको हो ।