काठमाडौँ, २६ भदाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको छ । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अरोपमा पक्राउ पुर्जी जारी भएपछि अध्यागमनले उनलाई कालोसूचीमा राखेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका डीआइजी श्यामलाल ज्ञवालीले पक्राउ पुर्जी जारी भएपछि अध्यागमनले उनलाई कालोसूचीमा राखेको बताए । पक्राउ पुर्जी जारी भएकाहरूलाई कालोसूचीमा राख्ने चलनअनुसार लामिछानेलाई पनि राखिएको उनले बताए ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले २३ भदौमा अनुमति दिएको थियो ।
हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्कने बताएका छन् ।
यो पनि हेर्नुस्
सन्दीप लामिछानेले हटाए ‘क्याप्टेन’ लेखेको ट्विटरको बायो
सन्दीप लामिछानेले भने– ‘म निर्दोष छु, केही दिनभित्रै देश फर्कन्छु’
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन
सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी
सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो