क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

137

काठमाडौँ, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

भदौ ५ गते काठमाडौँको एक होटलमा पुर्‍याएर नाबालिगलाई पटक–पटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ । आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन् ।

जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीविरूद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।

‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

May be an image of flower and text that says '"Sports for Health, Sports for Nation" CAN नेपाल क्रिकेट संघ Cricket /RefNo: Nepal मिति २०७९ भाद्र २३ प्रेस बिज्ञप्ति नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठ्माण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्िय क्रिकेट टिमबाट निलम्बन गरिएको छ| प्रशान्त विक्रम मल्ल कार्यवाहक सचिव GPO 20291 4912042,t'

Share This:
सम्बन्धित खबर
Loading...