काठमाडौँ, २४ भदौ । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्विटरको बायो हटाएका छन् ।
किशोरीलाई बलात्कार गरेको आरोपा लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई निलम्बन गरेको थियो । यसअघिसम्म उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानसमेत थिए ।
क्याप्टेन रहेका लामिछानेले आफ्नो ट्विटर ह्यान्डलको बायोमा ‘क्याप्टेन अफ नेसनल क्रिकेट टिम, नेपाल’ लेखेका थिए । तर, पक्राउ पुर्जी जारी र क्यानले समेत निलम्बन गरेपछि लामिछानेले उक्त बायो हटाएका छन् । अहिले उनले बायोमा आफ्नो जर्सी नम्बर २५ मात्रै राखेका छन् ।
भदौ ५ गते एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै गत मंगलबार लामिछानेविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै अदालतबाट पक्राउ पुर्जीसमेत लिएको छ ।
लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिजमा छन् । आफू निर्दोष रहेको भन्दै लामिछानेले शुक्रबार बिहानमात्रै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । आफू चाँडै नेपाल फर्कने र कानुन फेस गर्न तयार रहेको उनले बताएका छन् ।
याे पनि हेर्नुस्
सन्दीप लामिछानेले भने– ‘म निर्दोष छु, केही दिनभित्रै देश फर्कन्छु’
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन
सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी
सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो