बुढीगंगाको प्रमुख र उपप्रमुखमै एमाले विजयी

171

काठमाडौँ, २६ असार । बाजुराको बुढीगंगा नगरपालिका मेयर/उपमेयर दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।

भर्खरै सकिएको मत गणनाअनुसार १० वडामध्ये ७ वडाध्यक्षसहित एमाले उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ ।

मेयरमा विजयी भएका एमालेका रामबहादुर बानियाँले ४ हजार ७७७ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएका छन् ।

उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारी खड्का (कुँवर)ले ४ हजार ७ २७ मत पाउँदा कांग्रेसकी रिता सहीले ३ हजार ७५५ मत पाएकी छन् ।

नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ४, ७ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन अयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...