अन्तर्घात गरेको भन्दै जसपाद्वारा प्रदेश सांसद् निष्कासित

208

काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसद्सहित २ जनालाई निष्कासन गरेको छ ।

जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद् कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नरहने गरी निष्कासन गरेको हो ।

‘गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिहरुले गरेको क्रियाकलापमाथि कार्यसम्पादन समितिको निर्णयबाट पार्टीको अन्तरिम विधान–२०७७ को परिच्छेद–३ सदस्यतासम्बन्धी व्यवस्था धारा १० को बुँदा २ र परिच्छेद–८ को अनुशासनको कारबाहीको धारा ४९ को बुँदा १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिबाट साधारण सदस्यताबाट समेत निष्कासन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महोत्तरी–४ (क)बाट प्रदेश सांसद् रहेका यादवले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएका बेला उनलाई निष्कासन गरेको हो । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्कासनमा पर्ने यादव पहिलो र एक्ला सांसद् हुन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...