आगलागीमा परेर वृद्धाको मृत्यु

178

चैनपुर, ७ असार । सङ्खुवासभाको चैनपुर नगरपालिकामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।

चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

आगोबाट जलेर घाइते भएकी मगरको उपचारका क्रममा जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो ।

खाना पकाउने क्रममा उनको लुगामा आगो सल्किएको थियो । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...