चिचिला गाउँपालिकामा पहिरोबाट १० परिवार विस्थापित

77

खाँदबारी, ६ असार । लगातार परेको वर्षपछि चिचिला गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् । वडा नम्बर १ मा ६ र वडा नम्बर ३ मा ४ परिवार विस्थापित भएका हुन् ।

वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् । वडा नम्बर १ कै चनौटेमा डम्बर राई, सवर्ण कुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार पहिरोले विस्थापित बनाएको हो । त्यस्तै, वडा नम्बर ३ मुग्लिगाउँमा बलबहादुर राई (ख), सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवारलाई पहिरोले विस्थापित बनाएको हो

विस्थापित भएकाहरुलाई नजिकैको आफन्तको घर र सामुदायिक भवनहरुमा राखिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए । पालिकाका अन्य स्थानहरुमा पनि पहिरोको क्षति अनुगमन भइरहेको उनले बताए । क्षतिको सम्पूर्ण विवरण आइसकेपछि विपद् व्यवस्थापन समितिले निर्णय गरी विस्थापितहरुको पुर्नस्थापना गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

स्रोत : मकालु अनलाइन

Share This:
सम्बन्धित खबर
Loading...