पेट्रोलियम पदार्थको मूल्य घट्यो

221

काठमाडौँ, १९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर १०१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रूपैयाँ पर्ने छ । ग्याँसको मूल्य भने यथावत छ ।

सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...