नुनढाकीमा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

159

चैनपुर, १८ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराेले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराेले पुरिएर दुई मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराेले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...