स्थानीय तह निर्वाचन : यस्तो छ सङ्खुवासभाको पार्टीगत नतिजा

321

काठमाडौँ, १७ जेठ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । सङ्खुवासभामा नगरपालिका ५ र गाउँपालिका ५ गरी १० स्थानीय तह रहेका छन् ।

निर्वाचन आयोगको विवरणअनुसार सङ्खुवासभाको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट नगरप्रमुखमा पुरुष ३, पालिका अध्यक्षमा पुरुष १, उपप्रमुखमा महिला ३, उपाध्यक्षमा महिला १, वडाध्यक्षमा पुरुष ३३, महिला सदस्य ३७, दलित महिला ३८, सदस्यमा ७१ पुरुष र ३ महिला गरी १९० जना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट नगरपालिका प्रमुखमा पुरुष २, गाउँपालिका अध्यक्षमा ४ पुरुष, उपप्रमुखमा महिला १, उपाध्यक्षमा महिला २, वडाध्यक्षमा ३३ पुरुष, महिला सदस्य ३४, दलित महिला सदस्य ३१, वडा सदस्य पुरुष ६५, १ महिला गरी जम्मा १७३ जना निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट उपाध्यक्षमा महिला १, वडाध्यक्षमा पुरुष ९, महिला सदस्य ४, दलित महिला सदस्य ३, पुरुष सदस्यमा ८ गरी कुल २५ जना विजयी भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट महिला वडा सदस्य १, दलित महिला सदस्य १ गरी जम्मा २ जना निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा महिला १, उपाध्यक्षमा महिला १, वडा सदस्यमा पुरुष ३ गरी जम्मा ४ जना विजयी भएका छन् ।

यस्तै, स्वतन्त्रबाट वडाध्यक्षमा पुरुष १, सदस्यमा पुरुष १ गरी जम्मा दुई जना निर्वाचित भएका छन् ।

सङ्खुवासभाको स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिको संख्या ३९७ रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...