प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज सञ्चालन गरिने

200

काठमाडौँ, १० जेठ । सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गरिने भएको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिएकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...