धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

110

सुनसरी, ८ जेठ । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।

उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।

त्यस्तै, उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदम लिम्बूले १७ हजार ६०६ मत पाए ।

Share This:
सम्बन्धित खबर
Loading...