को हुन् झिमरुकमा जनमोर्चाको ‘आधार किल्ला’ ढाल्ने महतरा ?

1,749

झिमरुक, ५ जेठ । २०५४ सालमा बलभद्र माध्यमिक विद्यालय बाँदीकोटबाट निमावी तहको स्थायी शिक्षक पदबाट राजीनामा दिइ ०५४ साल बाँदीकोट गाउँ विकास समितिको अध्यक्ष भएका पितबहादुर महतरा क्षेत्रीलाई सिंगो गाउँले विकास प्रेर्मी नेताको उपनाम दियो । २०५४ सालमा गाविस अध्यक्ष भएपछि आमजनताका समस्या लिएर उनी जतिबेला पनि जिल्ला सदरमुकाम गइ समाधान लिएर फर्किन्थे ।

उनी गाविस अध्यक्ष भएको बेलामा ९ ओटै वडामा विद्यालय स्थापना, सबै वडामा पुग्ने मोटरबाटो, टेलिफोन सेवा, बाल विकास केन्द्र र ट्याक्टर हिँड्ने बाटोमा ढाँडसम्म बस पुर्‍याउने काम महतराको अगुवाइमा भयो । दारीमचौरदेखि बाँदीकोटको देउरालीसम्म घरायसी कुटो कोदालो, गैती, गल जस्ता औजार प्रयोग गरेर १२ किलोमिटर बाटो पनि उनकै नेतृत्वमा भएको थियो ।

को हुन् पितबहादुर महतरा ?
-विद्यार्थीदेखि पोलिटब्यूरो सदस्य ।
-गाविस अध्यक्षदेखि पालिका अध्यक्षसम्म ।
-२०३० सालमा अनेरास्ववियू छैटौँको इकाई कमिटी सचिव ।
-२०४० सालपछि पातलो मसाल निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध ।
-२०४६ सालमा नेकपा मसालको पार्टी सदस्यता ।
-२०५४ देखि ०५८ सालसम्म राजमो प्युठानको सचिव ।
-२०५८ मा राजमो पार्टीको केन्द्रीय परिषद् सदस्य र प्युठानको सचिवालय सदस्य
-२०५९ सालमा मसाल विभाज भएर तीन टुक्रा भएपछि ऋषि कट्टेल नेतृत्वको नेकपा एकीकृत पोलिटब्यूरो सदस्य ।
-२०७१ मा नेकपा एकीकृत मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीको केन्द्रीय सदस्य ।
-२०७२ देखि ०७५ सम्म नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा महतरा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य चयन भएका थिए । हाल उनी माओवादी केन्द्र प्युठानको संयोजक छन् ।

गत ०७४ सालको स्थानीय तहको चुनावमा झिमरुक गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक बहादुर जिसीसँग २ हजार ७८२ मत लिएर पराजित भएका थिए ।

यसपटक भने  महताराले राष्ट्रिय  जनमाेर्चाका उम्मेदवारलाई पराजित गर्दै  विजय हासिल गरेका छन् । महतराले ५ हजार ९२९ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी जनमोर्चाका टीका जिसीले ५ हजार ६९६ मत ल्याएका थिए । योसँगै राष्ट्रिय जनमोर्चाको ‘आधार किल्ला’ तोडिएको छ ।

याे पनि हेर्नुस्

झिमरुकमा जनमोर्चाको आधार किल्ला ढल्यो, माओवादीका पितबहादुर विजयी

Share This:
सम्बन्धित खबर
Loading...