झिमरुकमा जनमोर्चाको आधार किल्ला ढल्यो, माओवादीका पितबहादुर विजयी

1,665

प्युठान, ४ जेठ । राष्ट्रिय जनमोर्चाको आधार किल्ला मानिएको प्युठानको झिमरुक गाउँपालिकामा जनमोर्चाका उम्मेदवार पराजित भएका छन् ।

झिमरुकको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का पितबहादुर महतारा क्षेत्री ५ हजार ९२९ मत ल्याएर विजयी भएका छ्न् । प्रतिस्पर्धी जनमोर्चाका टीका जिसीले ५ हजार ६९६ मत ल्याएका थिए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका प्रमोद पोख्रेल ६ हजार ४१९ मत ल्याएर विजयी भएका छ्न् । उपाध्यक्ष प्रतिस्पर्धी एमालेकी विष्णु जिएम ४ हजार ५६२ मतसहित पराजित भइन् ।

झिमरुकमा एमाले र माओवादी तथा जनमोर्चा र कांग्रेसले गठबन्धन गरेका थिए । झिमरुकका आठ वडामध्ये तीन ओटामा एमाले, दुई–दुई ओटामा कांग्रेस र जनमोर्चा तथा एक वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...