चिचिला गाउँपालिकाको अध्यक्षमा शेर्पा दोस्रोपटक निर्वाचित

332

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रिपुप्रसाद राईले ९०९ मत पाए ।

चिचिलामा नेकपा (एमाले) तेस्रो भएको छ । एमालेका रामबहादुर गुरुङले ९०१ मत पाए । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकै मनकला राई विजयी भइन् । उपाध्यक्ष राईले १ हजार ८५४ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाइन् ।

यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...