मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

295

खाँदबारी, २ जेठ । सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मकालु गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा तीन हजार १७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भरत कटुवालले दुई हजार ४७८ मत प्राप्त गरे । कटुवाललाई ५६९ मतले पछि पार्दै शेर्पा विजयी भएका हुन् ।

उपाध्यक्षमा गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का मनकला राईले दुई हजार ७३९ मत ल्याएर विजयी भइन् । राईले ७०६ मत अन्तरले पछि पार्दे विजयी भएकी हुन् । उनका निकटम् प्रतिद्वन्द्वी एमालेकी चमेली याम्फुले दुई हजार ३३ मत प्राप्त गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...