सङ्खुवासभामा मतगणना जारी

342

काठमाडौँ, ३१ वैशाख । सङ्खुवासभामा मतगणना सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तहको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शुक्रबार राति १२ बजेबाट मतगणना सुरु गरिएको हो । अहिले खाँदबारी नगरपालिका, मादी नगरपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका र सभापोखरी गाउँपालिका मतगणना जारी छ ।

जिल्लामा चार सय पदका लागि एक हजार ११ जनाले उम्मेदवारी दिएका थिए । जिल्लाभर ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी एक लाख १७ हजार ७३१ मतदाता छन् । जिल्लामा १०३ मतदानस्थल र १६२ मतदान केन्द्र रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...