एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : ओली

82

धनगढी, २३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।

सो पार्टीद्वारा धनगढीमा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए । उनले भने,“राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले रोएपछि कांग्रेसले मञ्च दिएको बताए । पहिलो दिन विराटनगरमा कांग्रेसले बोल्न नदिएको भन्दै चितवनमा बोल्न प्रचण्डले शेरबहादुर देउवालाई गुहारेको उनको भनाइ छ ।

“हिजो उहाँहरुले विराटनगरमा बोल्न पाउनुभएको थिएन । चितवनमा बोल्न शेरबहादुरसँग रुनै पर्‍यो,” उनले भने, “मेरो छोरीलाई भोट माग्न जाने मै बोल्न नपाउने भनेपछि कमसेकम मञ्चमा जान त पाउनुभयो ।”

माधव नेपाललाई लक्षित गर्दै ओलीले ३० गतेपछि सबैको अवस्था थाहा हुने बताए ।

“एमालेलाई १५ वर्ष चुकेका व्यक्तिले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेर भनेछन्,” उनले भने,“टर्च बाल्नुपर्छ कि पर्दैन धनगढी हेर्न आउनु, ३० गतेपछि थाहा पाउने गर्छौँ कसलाई टर्च बालेर खोज्नुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...