एमाले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलहरुसँग गठबन्धनमा उत्रिए : गगन थापा

124

काठमाडौँ, २२ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ वर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाए ।

५ वर्षमा गरेको कामका बारेमा एमाले जनतालाई जबाफ दिनुपर्ने उनको भनाइ छ । त्यस्तै, उनले एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरुसँग गठबन्धनमा उत्रिएको तर्क गरे ।

उनले मुलुकको परिवर्तनलाई जोगाउनकै लागि कांग्रेसले घोषितरुपमै गठबन्धन गरेको दाबी गरे । थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनमा केही गुनासो भएपनि अहिले सबै बिर्सेर गठबन्धनलाई विजयी गराउनुपर्ने जिकिर गरे ।

महामन्त्री थापाले एमालेका महानगर उम्मेदवार केशव स्थापितले सार्वजनिक रुपमा नै महिलाहरुको अपमान गर्ने गरेकाले मतदानबाटै जबाफ दिन आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...