भरतपुरमा गठबन्धनको जित सुनिश्चित छ, स्वतन्त्रलाई फकाइरहनु पर्दैन : प्रचण्ड

86

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका छन् ।

चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फभन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताए ।

आफूहरु स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फ नअल्झिने उनको भनाइ थियो । फैसला चितवनका जनताले गर्ने भन्दै प्रचण्डले उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई भएको टिप्पणी गरे ।

उनले भने,“निर्वाचन जित्न असहज छैन ।” भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु दाहाल प्रमुख पदको उम्मेदवार छन् ।

गठबन्धनले आज चुनावी सभा आयोजना गर्दै छ । सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...