- किरण हमाल
सुर्खेत । सिम्ता गाउँपालिकामा नेकपा (एमाले)बाट अध्यक्ष पदका उम्मेदवार ऐनबहादुर चन्द साझा उम्मेदवार बन्ने संकेत देखिएको छ ।
नेपाली कांग्रेसको असन्तुष्ट समूहले खुलेरै चन्दको पक्षमा मत मागिरहेको छ । नेकपा (माओवादी केन्द्र)ले पनि कांग्रेसलाई भोट हाल्न नसकिने भन्दै वामपन्थी भएको नाताले चन्दलाई मतदान गर्ने आश्वासन दिएका छन् ।
माओवादी र कांग्रेसको गठबन्धन भएपनि माओवादी चन्दको पक्षमा उभिने भित्रि सहमति भएको छ । “माओवादी नेपाली कांग्रेस जस्तो पुँजीवादी दलाल पार्टीविरुद्ध सदैव उभिन्छ, कांग्रेसको नेतृत्व सिम्तामा कमजोर छ,” एक माओवाद नेताले बताए ।
माओवादीबाट उपाध्यक्ष उठेका बर्साद हमालले पनि लचकता अपनाउने नीति लिएका छन् । एमालेले माओवादीका नेताहरूलाई भित्र्याएर टिकट दिएको कारण पनि एमालेलाई माओवादीको समर्थन रहने छ ।