उम्मेदवारी मनोनयन दर्तापछि स्थापितले भने– मेरो जित सुनिश्चित छ

223

काठमाडौँ । स्थानीय तहका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो विकासको योजना देखेर जनताले विजयी गराउने बताए । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...