सङ्खुवासभामा १० मध्ये ७ स्थानीय तहमा गठबन्धन

343

खाँदबारी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सङ्खुवासभाका १० स्थानीय तहमध्ये ७ तहमा गठबन्धनले संयुक्तरुपमा उम्मेदवारी दर्ता गर्ने भएको छ ।

शनिबार सदरमुकाम खाँदबारीमा सम्पन्न बैठकले १० मध्ये ७ स्थानीय तहमा गठबन्धन गर्ने र ३ पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सङ्खुवासभा जिल्ला सभापति दिपक खड्काले जानकारी दिए ।

उनका अनुसार कांग्रेसलाई ५ ओटामा प्रमुख, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को भागमा एक–एक प्रमुख परेको छ । यस्तै, कांग्रेसले ३ उपप्रमुख, माओवादी केन्द र एकीकृत समाजवादीले दुई–दुई ओटा उपप्रमुख पाएका छन् ।

कांग्रेसले सभापोखरी गाउँपालिका, खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिकाको प्रमुख पाएको छ । यस्तै, भोटखोला गाउँपालिका, मादी नगरपालिका र धर्मदेवी नगरपालिकामा उपप्रमुख पाएको छ ।

माओवादी केन्द्रले मादी नगरपालिकामा प्रमुख तथा खाँदबारी नगरपालिका र चैनपुर नगरपालिकामा उपप्रमुख पाएको छ भने एकीकृत समाजवादीले भोटखोला गाउँपालिकामा प्रमुख तथा सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिकामा उपप्रमुख पाएको छ ।

चिचिला गाउँपालिका, मकालु गाउँपालिका र सिलिचोङ गाउँपालिकामा मित्रवत प्रतिस्पर्धा गरिने गठबन्धनले जनाएको छ । यी तीन पालिकामा गठबन्धन बाहेकका दलसँग मिलेर चुनाव नलड्ने पनि सहमति भएको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...