सङ्खुवासभा जिल्ला फुटबल संघको अध्यक्षमा भरत घिमिरे निर्विरोध

241

काठमाडौँ ।अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको जिल्ला फुटबल संघहरूमा अहिले नयाँ नेतृत्व चयन प्रक्रिया जारी छ ।

यसैबीच, सङ्खुवासभा जिल्ला फुटबल संघको अध्यक्षमा भरत घिमिरे निर्विरोध चयन भएका छन् । बिहीबार खाँदबारीमा सम्पन्न साधारणसभाले घिमिरेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अध्यक्षमा घिमिरेले निरन्तरता पाउँदा उपाध्यक्षमा मुकुन्द्र श्रेष्ठ, कपुर घिमिरे र अशिम जिमी चयन भएका छन् ।

एन्फाका प्रतिनिधि तथा भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालको रोहबरमा सम्पन्न सभाबाट महासचिवमा दीपेन्द्र कार्की र कोषाध्यक्षमा जिल्लामान राई चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सुजन श्रेष्ठ, जीवन श्रेष्ठ, राजकुमार राई, खगेन्द्र कार्की, गौरीमान राई, शशिकला लिम्बू, दिनेश राई, मिनेस चापागाईं। भीम जिमी र मणिराज गुरुङ रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...