जसपाको घोषणापत्र : पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा, ‘एक पालिका एक मोडेल स्कुल’ [पूर्णपाठ]

362

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा)ले घोषणा पत्र आज सार्वजनिक गरेको छ । पार्टीको घोषणा पत्रमा प्रत्येक पालिकामा चक्रपथ निर्माण गर्ने, पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा गर्ने समावेश गरिएको छ ।

घोषणा पत्रमा सम्मन्नत संघीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको उल्लेख गरिएको छ ।

“माध्यमिक विद्यालय तहसम्मको शिक्षालाई व्यवहारिक रुपमा नै निःशुल्क र गुणस्तरीय बनाइने छ । प्रारम्भमा ‘एक पालिका एक मोडल स्कुल’को अवधारणालाई कार्यान्वयन गरिने छ । सबै विद्यालयहरु कम्युटर शिक्षा दिइने छ,” घोषणा पत्रमा भनिएको छ ।

पार्टीले अर्थतन्त्रको सञ्चालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिवद्धता गरेको छ ।

जसपा चुनावी घोषणा पत्र
Share This:
सम्बन्धित खबर
Loading...