असिनाले सिलिचोङमा अन्नबाली नष्ट

347

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ बालासहित विभिन्न स्थानमा परेको असिनासहितको पानीले अन्नबाली नष्ट गरेको छ । उम्रिसकेको मकै खेतीसहित फलफूल तथा तरकारी बालीमा धेरै क्षति पुगेको छ ।

मंगलबार दिउँसो परेको असिनासहितको पानीले क्षति पुर्‍याएको हो । बाग्लो गरी परेको असिनाले क्षति पुर्‍याएपछि स्थानीयबासी निराश बनेका छन् । कलकलाउँदो मकैबाली काम नै नलाग्ने गरी असिनाले कुटिदिएको सिलिचोङ–२ की अञ्जना मेवाहाङले बताइन् । उनले भर्खरै गोड्दै गरेको मकै फेदैसम्म असिनाले नष्ट गरेपछि चिन्तामा रहेको बताइन् ।

सङ्खुवासभाको उत्तरी क्षेत्र सिलिचोङ गाउँपालिकामा कमै खेती धेरै लगाइन्छ । उक्त खेतीबाट नै घर धान्नुपर्ने बाध्यता रहेका उनीहरुलाई यो वर्ष कसरी बिताउने भन्ने चिन्ता छ ।

मकैसँगै अन्य हिउँदे तरकारी तथा फलफूलमा पनि क्षति पुगेको छ । नगदेबालीको रुपमा रहेको रुद्राक्ष र अलैँचीमा समेत क्षति पुर्‍याएको छ ।

रेडियाे सङ्खुवासभाबाट

Share This:
सम्बन्धित खबर
Loading...