भेडेटारमा बस र ट्याम्पो ठोक्किँदा ट्याम्पो चालकको घटनास्थलमै मृत्यु

232

भेडेटार । आज बिहान भेडेटार–धरान सडक खण्डमा बस र टेम्पो जुद्धा ट्याम्पो चालको मृत्यु भएको छ ।

धरानबाट भेडेटारतर्फ आउँदै गरेको को१ख ४४८० नम्बसको बस र भेडेटारबाट धरानतिर जाँदै गरेको २ह ७०४१ नम्बरको ट्याम्पो भेडेटारको दुई घुम्ती मुनी करिब १ किलोमिटर तल एकआपसमा जुधेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृत्यु हुने ट्याम्पो चालक भरौल–५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम–२ बस्ने १५ वर्षीया उषा लिम्बू घाइते भएकी छन् ।

बस चालक धरान–१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवल र बस इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...