वीरगञ्ज महानगरको मेयरमा एमालेबाट सरावगी सिफारिस

216

काठमाडौँ । नेकपा (एमाले)ले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

बुधबार उनलाई स्थानीय तहको निर्वाचमा एमालेले मेयर उम्मेदवारका लागि सिफारिस गरेको हो ।

अध्यक्ष राजेन्द्र यावदवको अध्यक्षतामा बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरगावीलाई उम्मेदवारका लागि प्रस्ताव गरेका थिए । उपाध्यक्ष महेश दासले समर्थन गरेको पार्टीले जनाएको छ ।

२०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित उनी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमालेमा प्रवेश गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...