धौलागिरी अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गरिने

215

बलेवा । गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरी अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । विसं २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शय्या क्षमताको हुने भएको हो ।

विसं २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो ।

अस्पताल पूर्वाधार विस्तारका लागि जग्गा खोज्न संघीय, प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिसहितको बुधबारको बैठकले सर्वपक्षीय समिति गठन गरेको छ । समितिले एक महिनाको कार्यावधि पाएको छ । समितिको संयोजकमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर रहेको व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।

बैठकमा गण्डकी प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले अस्पतालका सेवा प्रवाह र भावी योजनाबारे जानकारी गराउँदै अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने बताए । गण्डकी प्रदेश सरकारले कोभिड अस्पतालको घोषणा गरेको यो अस्पतालमा चार जिल्लाका छ लाख बिरामीले वार्षिक उपचार पाउँदै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...