सङ्खुवासभाका ८ मतदानस्थल अति संवेदनशील

479

खाँदबारी । सङ्खुवासभाका लागि ८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति सङ्खुवासभाले ८ ओटा मतदान स्थललाई अति सम्वेदनशीलको सूचीमा राखेको हो । जिल्लाका एक सय ३ ओटा मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको हिसाबले ८ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।

१०३ ओटा मतदानस्थल स्थलमध्ये ७९ ओटा मतदानस्थल संवेदनशील, १६ ओटा मतदानस्थल सामान्य र ८ ओटा मतदानस्थल अति सम्वेदनशील सूचीमा वर्गिकरण गरिएको साहयक प्रजिअ घिमिरेले बताए । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ ।

सुरक्षा समितिले ती मतदान स्थललाई अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए । अति संवेदनशील मतदानस्थलमा ३ हजार ४३८ जना मतदाता रहेका छन् ।

जिल्लामा ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७३१ जना मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।

अति संवेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने साहयक प्रजिअ घिमिरेले बताए । निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...